जेठ १०–११ विराटनगरमा सीप उत्सव २०८२ हुने

  • 10 months ago
जेठ १०–११ विराटनगरमा सीप उत्सव २०८२  हुने


विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा दुई दिनसम्म सीप उत्सव २०८२  आयोजना गर्ने भएको छ । संगठनले बिहीबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर सीप उत्सव २०८२  हुने जानकारी गराएको हो । 

सो उत्सव उद्योग व्यवसाय क्ष्ँेत्रलाई आवश्यक मानव संशाधन र हाल बजारमा उपलब्ध जनशक्तिमा बीचको मिसम्याच, रोजगारदाता र रोजगारीको खोजीमा रहेको मानव संशाधनबिच आपसी सामन्जस्यताको अभाव लगायत सीप विकाससँग सम्वन्धित विविध आयामहरुको वारेमा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको राखिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । 

सीप उत्सवको माध्यमबाट तालिम प्रदायक, उद्योग प्रतिष्ठानहरु, नेपाल सरकारका सरोकारवाला पक्षहरु र प्रशिक्षार्थीहरुबिचको समन्वयलाई थप प्रगाढ वनाई आगामी दिनमा आवश्यकता अनुरुपको दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितताका साथै स्वदेशमा रोजगारीका अवसर भएको सन्देश प्रवाह गर्न सहयोग पु¥याउने लक्ष्य लिएको उनले जानकारी दिए । यो सीप उत्सव कोशी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको हो । 

यो उत्सवलाई दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) दोस्रो नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौतामा सञ्चालित परियोजना अन्तर्गत उद्योग संगठन मोरङले आयोजना गरेको हो । सीप उत्सवको  समन्वय  सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले गर्ने भएको छ ।  उतसवको सहयोगी संस्थाहरुमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कोशी प्रदेश, कम्प्यूटर एशोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एशोसिएसन अफ नेपाल, नेपाल अटोमोवाईल डिलर्स एशोसिएसन अफ नेपाल रहेको जनाइएको छ । 

उत्सवमा बिहान १०.०० बजेदेखि अपरान्ह ५.०० बजेसम्म अन्तर शिक्षालय सीप प्रतिष्पर्धा, लाईभ तालिम, वृति परामर्श (करियर काउन्सिलीङ) हुने संगठनका महानिर्देशक चूडामणि भट्टराईले बताए ।  

जेठ ११ गते, बिहान ८.०० बजेदेखि विहान ११.३० बजेसम्म अन्तिम सीप प्रतिष्पर्धा र त्यसपछि पुरस्कार वितरण कार्यक्रम गर्ने समय तय गरिएको उनले जानकारी दिए । उत्सवका ती सबै कार्यक्रमहरु उद्योग संगठन मोरङको सचिवालय, तीनपैनि, विराटनगरमा हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा होटल एसोसिएसनक, कोसी प्रदेशका अध्यक्ष राजन श्रेष्ठ, नाडाका प्रदेश अध्यक्ष सन्देश श्रेष्ठ,इन्स्योर प्रदेश कार्यालयका मेनेजर विकास पन्थीलगायतले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । 

उत्सवले स्वेदेशी श्रमिकलाई रोजगारी दिन प्रोत्साहित गर्नुका साथै विदेशी श्रमिकहरुको आगमनलाई कम गर्ने जनाइएको छ । २०८२ वैशाख २२ गतेदेखि ३० गतेसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका ११ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन भएका प्राविधिक शिक्षालयहरुमध्ये सूचना प्रविधि, अटोमोवाइल र होटल व्यवस्थापन अध्यापन हुने ७ वटा शिक्षालयमा सम्वन्धित शिक्षालयका प्रशिक्षार्थीहरुबिच आन्तरिक प्रतिस्पर्धा गराइएको थियो । 

त्यसबाट पहिलो र दोस्रो हुनेलाई प्रदेशस्तरीय सीप उत्सव २०८२ मा प्रतिष्पर्धाका लागि सूचना प्रविधिमा १० जना, अटोमोवाईलमा ४ जना र होटल व्यवस्थापनमा ४ जना गरी जम्मा १८ जनालाई अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको छ । हरेक शिक्षालयबाट प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेताहरूलाई “कोशी प्रदेश ‘स्कील आइकन’ को उपाधि प्रदान गरिनेछ ।

सीप उत्सव २०८२ मा हुने गतिविधिहरु ः 
कार्यक्रमको मुख्य आकर्षणको रूपमा पूर्वबाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा प्रत्यक्ष तालिमका साथै १००० भन्दा बढी विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सेलिङ सत्रहरू आयोजना गरिएको छ । यी सत्रहरूमा उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूद्वारा युवाहरूलाई प्रेरणा, वृति परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन प्रदान गरिने जनाइएको छ । 

उत्सवका प्रमुख उद्देश्यहरू ः
. रोजगार प्रदायक, तालिम प्रदायक र रोजगारको खोजीमा रहेका जनशक्तिलाई एकै स्थान भेला पारी सीप विकासको विविध आयामहरुको वारेमा जानकारी गराउने । 
.प्राविधिक शिक्षा, सीप तालिम तथा डुअलभेटअप्रेन्टिसीप कार्यक्रमको महत्व वारे सूचना प्रवाह गरी यसप्रति आकर्षण बढाउने । 
.वाहिरी प्राविधिक जनशक्ति माथिको निर्भरता कमगरी स्वदेश मै दक्ष प्राविधिक जनशक्ति उपलब्ध रहेको सन्देश प्रवाह गर्नु । 
.प्रदेश तथा स्थानीय स्तरमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीचको मिसम्याचलाई सन्तुलन गर्ने प्रयास गर्ने ।
.निजी क्षेत्रको अग्रसरतामा सीप, दक्षता र अनुभव साटासाटको वातावरण तयार पार्ने ।
.प्रशिक्षार्थीहरूको सीप प्रस्तुत गर्ने र विद्यालय–उद्योग सहकार्यलाई थप प्रगाढ बनाउने ।
.अप्रेन्टिसहरूको प्लेसमेन्ट तथा रोजगारीका अवसरहरू पहिचान र प्रवद्र्धन गर्ने ।

उत्सवको मुख्य आकर्षण 
.सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा लाईभ तालिम । 
.एक हजार भन्दा बढी विद्यार्थी तथा युवाहरूलाई करियर काउन्सेलिङ सत्र, वृति परामर्श । 
.भविष्य निर्माणका लागि मार्गदर्शन । 


लक्षित समूहहरूः
.सूचना प्रविधि, होटल व्यवस्थापन, इलेक्ट्रिकल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङतर्फका विद्यार्थीहरु । 
.उद्योग प्रतिष्ठानका प्रतिनिधिहरु । 
.प्राविधिक शिक्षालयहरु । 
.सूचना प्रविधि, हस्पिटेलिटी, अटोमोवाईलका क्षेत्रहरु । 
.प्रदेश तथा जिल्लास्तरका संघ संस्थाहरू । 

यस उत्सवपश्चात प्रदेशमा सीपयुक्त जनशक्ति विकासमा टेवा पुर्‍ याउने मात्र नभई, उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई पनि एक नयाँ उचाइमा पुर्‍ याउने अपेक्षाका साथ आयोजना गर्न लागिएको छ ।