कर तथा राजस्वसँग सम्बन्धित विषयमा छलफल

  • 1 year ago
कर तथा राजस्वसँग सम्बन्धित विषयकमा छलफल


विराटनगर ।  मोरङ उद्योग व्यापार संघले आव २०८२/८३ को बजेटमा परिवर्तित कर तथा राजस्वसँग सम्बन्धित विषयकमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य, अधिकृत  गजधार खतिवडा, अधिकृत विशाल काफ्ले, संघका राजस्व सल्लाहकार चार्टर्ड एकाउन्टेन्ट  अश्विनी बंशल, चार्टर्ड एकाउन्टेन्टहरु  तिर्थ यादव,  काशी कुमार साह, मनोज अधिकारीसहभागी भएका थिए। 

त्यसैगरी,  युवराज उप्रेती, संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु लगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न उद्योग व्यवसायीका संचालक एवम् प्रतिनिधिहरु, संचारकर्मीहरु उपस्थिति रहेको सो कार्यक्रममा आव २०८२/८३ को बजेटमा रहेका करसम्बन्धी जिज्ञासाहरुलाई आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, अधिकृत एवम् चार्टर्ड एकान्उटेनबाट विभिन्न उद्योगी व्यवसायीहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गरेका थिए ।