व्यापार संघमा डीआइजीसँग सुरक्षाबारे छलफल
- 1 year ago
विराटनगर । मोरङ उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई संघमा स्वागत पश्चात उद्योग तथा व्यपार व्यवसायमा उनीसाग शान्तिसुरक्षा बारे छलफल गरेको छ । संघका कावा अध्यक्ष अनिलकुमार साहसहित उपाध्यक्ष (वाणिज्य) अनिल सारडा, उपाध्यक्ष (उद्योग) विकासकुमार बेगवानी, प्रवक्ता दिपेश सुवेदी, काका सदस्यहरु मनिषकुमार मारु, देवाशिष गोल्छा, अमित राठी, श्री गोपाल अग्रवाल, डा बन्दना जैन र आमन्त्रित सदस्य डा दिपेन्द्र नौलखाले प्रहरी नायव महानिरीक्षक कार्कीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेका थिए ।
कार्यक्रममा कावा अध्यक्ष साहले प्रहरी नायव महानिरीक्षकलाई स्वागत गर्दै उनीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी गण, रानीका प्रहरी उपरिक्षक रुकेश तण्डुकार, वडा प्रहरी कार्यालय, विराटनगरका प्रहरी नायव उपरीक्षक अनमोल खड्का, प्रहरी निरीक्षक आबेश थापा, कोशी प्रदेश प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षकहरु महेश भट्टराई, शेखरजंग मल्लको उपस्थिति रहेको थियो ।