प्रशासन सुधार गर्छुः मुख्यमन्त्री कार्की
- 2 years ago
शुभसन्देश
विराटनगर, १३ असार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रशासन सुधार कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले सङ्घीयताको महत्वपूर्ण हिस्साको रुपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै कार्यदलमार्फत आएका सुझावहरुले प्रदेश सरकारको काम प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेश सरकारले २०७९ माघ ६ मा पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलले बुधबार २२८ पेज लामो प्रतिवेदनमा १५२ वटा सुझावहरु सहितको प्ररतिवेदन बुझाएकाे हाे । कार्यदलमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखा प्मुख सदस्यसचिव रहनु भएको थियो ।