उद्योगी व्यवसायीद्वारा बजेट भाषण श्रवण
- 10 months ago
विराटनगर । नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रस्तुत आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषण मोरङ उद्योग व्यापार संघको सभा हलमा अवलोकन गर्ने कार्यक्रम राखिएको थियो ।
कार्यक्रम पश्चात् संघका कावा अध्यक्ष अनिलकुमार साह, पूर्वअध्यक्ष महेश जाजु, पूर्वअध्यक्ष एवम् नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा र पूर्वअध्यक्ष एवम् नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडा, संघका उपाध्यक्ष (वाणिज्य) अनिल सारडा उपस्थित थिए ।
त्यसैगरी उपाध्यक्ष (उद्योग) विकासकुमार बेगवानीले संचारकर्मी समक्ष बजेटबारे आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए। उक्त कार्यक्रममा संघका कावा अध्यक्ष, पूर्वअध्यक्षहरु, लगायत पदाधिकारीहरु, कार्यसमिति सदस्य, युवा उद्यम समिति र महिला उद्यम समिति संयोजकहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।