महानगरपालिकाको निर्णयमा उद्योग संगठनको साथ

  • 3 years ago
महानगरपालिकाको निर्णयमा उद्योग संगठनको साथ


विराटनगर,३० असार, २०८० । विराटनगर महानगरपालिकाको अगुवाईमा साउनदेखि खुला सिमानाबाट राजश्व छली गरी हुने आयातलाई कडाइ गर्ने कार्यमा उद्योग संगठन मोरङले साथ दिने जनाएको छ । 

राजश्व छली गरी गैरकानुनीरुपमा हुने आयातका कारण स्वदेशी उद्योग व्यवसाय धरासायी बन्दै गएकोमा महानगरको यो प्रयासले स्वदेशी व्यापार व्यवसाय विस्तारमा मद्दत पुग्ने संगठनका अध्यक्ष राकेश सुरानाले बताए । बिराटनगरको बजारलाई गूल्जार बनाउदै विराटनगरको औद्योगिक पहिचानलाई अक्षुण राख्न महानगरपालिकाले गरेको प्रयास प्रशंसनीय रहेको अध्यक्ष सुरानाले बताए । 

जोगबनी भन्सार क्षेत्र मात्र नभई ६३ किलोमिटर लामो खुला सिमाना भएकाले सबैतिरबाट हुने गैरकानुनी ओसारप्रसारलाई निरुत्साहित गर्नुपर्नेमा संगठनले जोड दिएको छ । राजश्व छली गरी आउने वस्तुसंग प्रतिष्पर्धा गर्न नसकी स्वदेशी उद्योग व्यवसायमारमा परिरहेको अवस्थामा महानगरको यस प्रयासबाट स्वदेशी उद्योग व्यवसायहरुलाई राहत पुग्ने संगठनको ठहर छ । 

अवैध तथा गैरकानुनीतबरबाट नेपालप्रवेश गर्ने वस्तुले सरकारको राजश्व र स्वदेशी बजारमा नकारात्मकप्रभाव परिरहेको अवस्थामा महानगरपालिकाको सकारात्मकपहललाई स्थानीयप्रशासन,ं सुरक्षा निकाय, उद्योगी व्यवसायी एवं सबै सरोकारवालाहरुले साथ सहयोग र समर्थन गर्न अपिल गर्दै खुला भन्सारबाट हुने सबै प्रकारको अवैध आयातलाई निरुत्साहित गर्न त्यसप्रकारको गैरकानुनी रुपमाचोरी पैठारी भएर आउने मालवस्तु खरिद नगर्न नगराउन संगठनले सबैमा अपिल गरेको छ ।