स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम परिस्कृत रुपमा

  • 1 year ago
स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम परिस्कृतरुप



विराटनगर । उद्योग संगठन मोरङले रोजगारको खोजीमा युवाहरुको बढ्दो पलायनलाई ध्यानमा राखी ३० वर्ष मुनीका युवाहरुलाई लक्षित गरेर उद्यमशिलता विकासमा आकर्षित गर्न स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई परिस्कृत रुपमा ल्याएको छ । 

व्यावसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यका सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा सहभागिताका लागि २०८१ चैत ३१ गतेसम्म संगठनको वेवासाइट र सामाजिक संजालबाट आवेदन गर्न सक्ने व्यवस्था गरेको छ । 

कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न चैत ३१ गतेसम्म प्राप्त कुल आवेदनहरुलाई उद्यमशिलता अवधारणाको प्रस्तुतीकरण गराइ उत्कृष्ट १५ जना स्टार्टअप उद्यमीहरु छनौट गरिनेछ । छनौट भएका उद्यमीलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, व्यावसायिक योजनाअनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ, परामर्श सेवा, नेटवर्क विस्तारको अवसर प्रदान गरिने संगठनले जनाएको छ । 

३ महिनासम्म संगठनको मेन्टरसिपमा रहने स्टार्टअपहरुलाई व्यावसायिक विकासमा थप सहयोग पु¥याउन उक्त अवधिमा बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेकअपका साथै हाटबजार लगायतका कार्यक्रमहरु आयोजना गरी उत्कृष्ट हुन सफल ३ स्टार्टअपहरुलाई पुरष्कृत गर्ने संगठनको योजना रहेको छ ।

विराटनगर महानगरपालिका र पूर्वाञ्चल विश्वविद्यालयको सहकार्यमा सञ्चालन गरिने उक्त कार्यक्रमले स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी दिगो इकोशिष्टमको जग बसाल्न सहयोग पु¥याउने विश्वास संगठनले लिने जनाइएको छ ।