उर्जा सर्वेक्षण समस्याबारे अन्तरक्रिया

  • 1 year ago
उर्जा सर्वेक्षण समस्याबारे अन्तरक्रिया

विराटनगर । उद्योग÷व्यवसायहरुले खपत गर्ने उर्जा, सिर्जना हुने समस्याका साथै परिवर्तनहरुको सम्बन्धमा ईन्टर डिसिप्लिनरी एनालिष्ट (आईडिए) र उद्योग संगठन मोरङको समन्वयमा उद्योग व्यवसायहरुमा भएको उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनमाथि अन्तरक्रिया सम्पन्न भएको छ । 
गत असोजमा

कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले सर्वेक्षणबाट आएका तथ्यांकले आगामी दिनमा संगठनलाई  उर्जासंगसम्वन्धी वहस र पैरवीमा सहयोग पुग्ने बताए । उनले सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा उर्जा व्यवस्थापनका लागि अपनाउनुपर्ने सुधारका सम्बन्धमा सरोकारवाला पक्ष्ँहरुको ध्यानाकर्षण गराई प्राप्त उर्जाको वास्तविक अवस्थाबाट अवगत गराउदै गुणस्तरमा सुधारका लागि पहल गर्ने स्पष्ट पारे । 

कार्यक्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका अध्यक्ष्ँ दिपक ज्ञवालीले ठूला, मझौला, साना, कुटिर र परम्परागत शिपबाट सञ्चालित उद्योग÷व्यवसायहरुमा सर्वेक्ष्ँण गरिएको जानकारी गराए । उनले सर्वेक्षणको क्रममा उद्योगले प्रयोग ईन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था र प्राप्त उर्जाको गुणस्तरजस्ता कुरालाई ध्यानमा राखीएको वताए । 

त्यसैगरी उर्जा दक्ष्ँता अभिवृद्धिका लागि गर्नुपर्ने सुधार, उर्जा खपत न्यूनीकरणका उपायलाई केन्द्रमा राखी गरेको सर्वेक्षणको प्रतिवेदनले आगामी दिनमा सुधारको योजना वनाउदा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

प्रतिवेदन प्रस्तुतीको क्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले उद्योग व्यवसाय क्ष्ँेत्रको अवस्थालाई मनन गरी नीतिहरु तय गर्नुपर्ने, गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने, साना उद्योगहरुको संरक्ष्ँणका लागि उर्जामा सहुलियत प्रदान गर्नुपर्ने सुझाव सर्वेक्षणबाट प्रँप्त भएको बताए । 

निर्देशक शर्माले आइडिएले गरेको सर्वेक्षणबाट प्राप्त तथ्यांक प्रशोधन गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन भएको स्पष्ट पार्दै थप विषयहरुलाई अन्तिम प्रतिवेदनमा समावेश गरिने वताए । 

उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ भोलेश्वर दुलाल, विपिन कावरा, कार्यसमिति सदस्य एवं उर्जा समितिका संयोजक सन्तोष भगत, सृजन प्याकुरेलका साथै उद्योग प्रतिष्ठानका संचालक र व्यवस्थापकहरुको सहभागिता थियो ।