उद्योग संगठन मोरङमा हरेक शनिबार बजार

  • 2 years ago
उद्योग संगठन मोरङमा हरेक शनिबार बजार


विराटनगर, १४ भदौ २०८० । उद्योग संगठन मोरङ परिसरमा हरेक शनिबार बजार  लाग्ने भएको लाग्ने भएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्ट (एनइवाइएफ) को सहकार्यमा शनिबार बजार लाग्ने भएको हो । 

यस क्षेत्रका घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ यही १६ गतेदेखि प्रत्येक शनिवार मेरो देश, मेरो उत्पादनसम्बन्धी शनिबार बजार  सुरु हुन लागेको हो । 

युवा तथा महिलाहरुमा निहित शिपलाई प्रयोग गरी स–साना परिणाममा घरमै वसेर उत्पादन गरेको वस्तुहरुका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादनहरु बजारको अभाव र पहिचानको अवसरबाट वन्चित भई लोप भइरहेको अवस्थामा त्यस्ता वस्तुलाई लक्षित वर्गसम्म पु¥याई आयआर्जनको माध्यमबाट स्वरोजगारी अभिवृद्धि गर्ने अभिप्रायले शनिबार बजार सुरु गरिएको हो । 

संगठनको प्राङगणमा गर्न लागिएको यस बजारमा १७ देखि २१ वटा स्टल रहनेछन भने प्रतिस्टल  ३०० रुपैयाँ शुल्क तोकिएको छ । बजारमा घरायासी प्रयोजनका सामग्रीहरु, ताजा तरकारी तथा फलफूल, मह, अचार, हस्तकलाका सामग्रीहरु, दैनिक खाद्य वस्तुहरु, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरु, गार्मेन्ट तथा श्रृगारका सामग्रीलगायतका वस्तु रहने छन् । 

साप्ताहिक बजारमा विराटनगर लगायत आसपासका घरेलु तथा साना उद्योग, महिला, युवा उद्यमीहरुको सहभागिता रहने छ । आर्थिक एवं औद्यागिक विकास र स्थानीय श्रोत, साधनको प्रयोग गरी बनाईएका वस्तुको ग्राहक पहिचानका साथै स्वरोजगारलाई वढावा दिन सुरु गरिएको साप्ताहिक बजारले विक्रीकर्ता र खदिकर्ताको एकै थलोमा भेटघाटका लागि अवसर प्रदान गर्ने साप्ताहिक बजारआयोजना तथा सफल संचालनमा यहाँहरु सबैको सहयोग र सद्भावको अपेक्षा गर्दछौं ।