उद्योग व्यवसाय क्षेत्रको समस्या निराकरणार्थ अनुरोध
- 1 year ago
विराटनगर । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी सहितको संघको टोलीले विराटनगर आएकाएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थ मन्त्री डा. प्रकाश शरण महतलाई भेटघाट गरी उद्योग÷व्यवसाय क्षेत्रको विद्यमान समस्याहरुबाट अवगत गराएका छन् ।
भेटघाटका क्रममा अध्यक्ष राठीले नेपालको ह्रासोन्मूख अर्थतन्त्र, सिमावर्ति बजारका खुल्ला कारोबार र चोरी पैठारीका समस्या, उद्योगहरुमा भई रहेका विद्यूत आपूर्तिका समस्या, नेपालको अत्यधिक बीमा शुल्क लगायत विषयहरु गराई ती समस्याहरुको निराकरणका लागि तत्कालै सरकारबाट ठोस कदमहरु चालिनु पर्ने बताए । सोका लागि आवश्यक पहल गरिदिन देउवा र महतसँग आग्रह गरेका थिए।
टोलीमा संघका अध्यक्ष अनुपम राठीसहित संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, संघका पूर्वअध्यक्ष महेश जाजु, संघका पूर्वअध्यक्ष एवं सिएनआई, कोशीका अध्यक्ष पवनकुमार सारडा, संघका पूर्वअध्यक्ष प्रकाश मून्दडा, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, सचिव अमित सारडालगायत उद्योगी÷व्यवसायीहरुको सक्रीय सहभागिता रहेको थियो ।