उद्योगीलाई सुन्ने कि थुन्ने सरकार?

  • 2 years ago
उद्योगीलाई सुन्ने कि थुन्ने सरकार?

 कुनै एउटा साझेदार कुनै कारणले कुनै एक कारोबारका कारण कालोसूचीमा परेछ भने ऊ संलग्न सम्पूर्ण व्यवसायहरुलाई कालो सूचीमा राखेर कारोबार र बैंक खाता रोक्का गर्ने जस्ता  खेदजनक कार्य भइरहेको
rakesh-surana ज्ञ.jpg 30.91 KB
शुभसन्देश 

विराटनगर,१९ असार । विराटनगरका उद्योगीहरुले सरकारसमक्ष गम्भीर प्रश्न तेस्याएका छन् उद्योपतिको कुरा सुन्ने कि चुपाचाप थुन्ने? उद्योगपतिलाई थुनेर देश विकास हुन्छ?
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सत्ता वरिपरिका चार दलका प्रतिनिधि सभा सदस्यहरुलाई अगाडि सारेर शुक्रबार प्रश्न गरे ।

 संगठनले आयोजनामा बहस कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष सुरानाले कसैले उजुरी गर्यो भन्दैमा एउटा उद्योगपति वा व्यापारीलाई थुनिहाल्नु गलत भएको बताए । छानविनपछि दोषी करार भए कानून बमोजिम कारवाही गर्नु पर्दछ तर छानविन नै नगरी करोडौंको उद्योग वा व्यापारको नेतृत्व गरिरहेको व्यक्तिलाई अचानक पक्राउ गर्नुले अन्ततोगत्व राष्ट्रिय उत्पादनमाथि नै प्रहार हुने उनको तर्क थियो ।
अध्यक्ष सुरानाले अर्को पनि गम्भीर विषय उठाए । व्यवसायमा धेरैजनाको संलग्नता हुनसक्छ । कुनै एउटा साझेदार कुनै कारणले कुनै एक कारोबारका कारण कालोसूचीमा परेछ भने ऊ संलग्न सम्पूर्ण व्यवसायहरुलाई कालो सूचीमा राखेर कारोबार र बैक खाता रोक्का गर्ने जस्ता  खेदजनक कार्य भइरहेको उनले बताए । उनले भने, ‘एउटाको गल्तीको पीडाले धेरैले पाउने र काला सूचीबाट उम्किने बाटो खोज्न समेत नपाउने स्थिति बन्ने गरेको छ ।’

आर्थिक कारोबारमा हुने अपराध र फोज्दारी अपराधको प्रकृति फरक हुने भन्दै राज्यले एकै किसिमको व्यवहार गरेकोमा दुःख लाग्दो स्थिति भएको र व्यवसायीहरु त्राहीमाम भएर पलायन हुने स्थिति आएको गुनासो गरे । आज पूँजी पलायनको अवस्था आउनुका पछडि नेपालको अव्यावहारिक कानून र प्रशासन एवम् अदालतको पूर्वाग्रहपूर्ण व्यवहार जिम्मेवार रहेको आरोप लगाए ।

अर्थ बहस कार्यक्रम.jpg 160.05 KB
उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य ताराचन खेतानले अहिले जस्तो त्राशको वातावरण यसअघि कहिल्यै बेहोर्न नपरेको बताउँदै व्यवसायीलाई त्राशमा राखेर देश बन्दैन भन्ने कुरा नीतिनिर्माताले बुझ्न सक्नुपर्ने सुझाव दिए । 
माेरङ ब्यापार संङका अध्यक्ष नवीन रिजाल, युवा व्यवसायी  अनिल सारडा, पारस लुनिया र अमित राठीले पनि व्यवसायको लागि उचित वातावरण प्रदान गरेर हौसला दिनुको साटो जहाँ गयो त्यहाँ निरुत्साहित गर्ने काममा त्र भइरहेको गुनासो गर्दै युवा व्यवसायीहरु यहाँको वातावरण देखेर निराश बनेको बताए ।  
त्यस अवसरमा प्रतिक्रिया व्यक्त गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले पक्राउ गर्दैमा दोषी करार नहुने बताउँदै कानूनलाई व्यावहारिक बनाउने विषयमा छछलफल चलायन आवश्यक रहेको बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य एलपी साँबाले नाफा कमाउनु व्यवसायीको धर्म भएकोले नाफा कमाएको कुरालाई रोजगारीको अवस्र सिर्जना गरेको कुरासँग जोडे। हेर्नुपर्ने बताउनु भयो । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले व्यवसायीहरुको आवाज भएको भन्दै यो विषयलाई पार्टी र सरकारका प्रमुखसम्म पु¥याएर ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद मनीष झाले व्यवसायीहरु वास्तवमा मर्कामा परेको पीडा व्यक्त गरिरहेको महसुस भएको बताउँदै आफनो पार्टी सदैव व्यावसायीमैत्री वातावरण बनाएर राष्ट्रिय अर्थतन्त्र निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा स्पष्ट रहेको बताए ।
वरिष्ठ अधिवक्ता महेश थापाले कानूनमा जेल सजाय लेखिएको आधारमा उद्योगीहरुले तर्सिएर निरुत्साहित हुन नहुने बताए । प्रमाण नष्ट गर्ने र भाग्ने खतरा नभएको अस्थामा तारेखमा राखेर पनि पूर्पक्ष गर्न सक्ने व्यवस्था कानूनमा हुँदाहुँदै पनि जतासुकै पक्राउ गर्ने र थुनामा राखेर मात्र पूर्वक्ष गरिन्छ भन्ने बुझाइ गलत रहेको टिप्पणी गरे ।
व्यवसायीहरुले आजित भएर सार्वजनिक मञ्चबाट कुरा उठाउन बाध्य भएको बताउँदै उद्योगीहरुले मुलुकमा व्यवसायीमैत्री कानून र प्रशासनिक व्यवहार बनाउन यस्तो बहसलाई निरन्तरता दिनुपर्ने र उद्योग बाणिज्य महासंघले संघीय तहमा कार्यक्राम गरेर सम्बन्धित निकायलाई बुझाउन सुझाव दिएका थिए ।