विमस्टेकको विज्नेश समिटमा संघको सहभागिता
- 1 year ago
विराटनगर । भारतको न्यू दिल्लीमा शुरु भएको विमस्टेक विज्नेश समिट २०२४ मा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले मोरङ व्यापार उद्योग संघको तर्फबाट सहभागिता जनाएका छन् ।
विगतका वर्षहरु झैँ यस वर्ष पनि विमस्टेक संस्थाले भारतको परराष्ट्र मन्त्रालय र कन्फेडरेशन अफ इन्डीयन इण्डष्ट्री (सिआईआई) समेतको आयोजनामा ६ र ७ अगस्तका दिन भारतको न्यू दिल्लीमा विमस्टेक विज्नेश समिट २०२४ आयोजना गरेको छ । जसमा कैयौँ मुलुकका संघसस्ंथा र उद्योगी व्यवसायीहरुले सहभागिता जनाएका छन् भने नेपालबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समेत सहभागिता रहेको छ ।
‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ (विमस्टेक) नामले सन् १९९७ सालमा स्थापित सो क्षेत्रीय संस्थामा पूर्वी र दक्षिण एशियाका नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमार, थाईलेण्ड, श्रीलंका गरी सातवटा मुलुकहरु सदस्य रहेका छन् ।