विराट एक्स्पो २०२५ माघ ११ देखि सुरु हुँदै
- 1 year ago
आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ को तयारी तिव्र गतिमा भइरहेको छ ।
आठौ संस्करणका रुपमा यसपटकको विराट एक्स्पो विराटनगरको स्तातकोत्तर क्याम्पस परिसरमा २०८१ माघ ११ गते सुरु भई २० गते सकिनेछ ।
यसअघि संगठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सबको नामबाट गरेको थियो । २०८१ सालमा विराट एक्स्पोको आठौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको थोरै औद्योगिक एक्स्पोमध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन सफल भएको छ ।
यो विशुद्ध रुपमा औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ता बिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान प्रदानका साथै उद्यमी व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्याउनेछ ।
यसअघि सातौँ संस्करणको विराट एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रमसँगसँगै आर्थिक एवम् औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा केन्द्रित दैनिकरुपमा फरक फरक बिषयमा शेमिनारहरु आयोजना गरिएको थियो । नवप्रवर्तननई प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, श्रम रोजगार फाँटका लागि रोजगार पेभिलियन, पर्यटन प्रवर्धनका लागी पर्यटन पेभिलियन र लगानी पेभिलियनहरुको छुट्टा छुट्टै व्यवस्थापन गरि समग्र औद्योगिक विकासको इकोशिष्टमको प्रवर्धन गर्ने प्रयास गरि केही फरक र नयाँपन दिने प्रयत्न गरिएको थियो ।
युवा पलायन वर्तमान समयमा सवत्र चासो र चिन्ताको विषय भइरहेको अवस्थामा युवालाई स्वदेश मै काम गर्नसक्ने वातावरण तयार गर्न फाउण्डेशनबाटै काम गर्नुपर्दछ भन्ने मान्यताका साथ यसपटक आठौं संस्करणको विराट एक्स्पोलाई त्यस प्लेटफर्मको रुपमा प्रयोग गरिनेछ । एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक ईको सिस्टम निर्माणका साथै उद्यमशिलताको विकासलाई मोमेन्टम दिन डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिएको छ ।
विशेषगरि युवाहरुले डिजीटल प्रविधिमा आधारित रहेर संचालन गरेको उद्योग÷व्यावसायले प्राप्त गरिरहेको सफलतालाई मध्यनजर गरी करियर काउन्सिलिङ, ए.आई. कन्फ्रेन्स, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, विटुवि विराट बजार र विजनेश क्लिनिकलाई विशेष आकर्षणको रुपमा समावेश गरिएको छ ।
त्यसैगरी कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोवाईल लगायतको सहभागिताका अलावा उद्यमशिलता विकासका लागि आवश्यक पर्ने सबै प्रकारका व्यावसाय विकासका सेवाहरु प्रदर्शन हुने गरी व्यवस्था मिलाइएको छ । एक्स्पो अवधिमा हरेक दिन विभिन्न थिमेटिक शेशनहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रवर्धन गर्नका लागी गन्तब्यहरुको प्रवर्धन, पर्यटन पूर्वाधार, सााँस्कृतिक पर्यटन विकास, पर्यटनलाई स्थानीय उत्पादनसंग जोड्ने फरवार्ड र व्याकवार्ड लिकेंज अभिबृद्धि गर्ने विभिन्न कृयाकलापहरु सञ्चालन गरिने भएको छ ।
उद्योग संगठन मोरङले विगत केही समयदेखि व्यावसायिक विकासको ईको सिस्टमलाई प्रवद्र्धन गर्ने अभिप्रायले फाउण्डेशनका रुपमा गर्दै आएको कार्यलाई ऋभलतभच ायच भ्हअभििभलअभ स्थापना गर्ने भावनाका साथ यसपटकको आठौं संस्करणमा बिराट बजार बिटुबि, बिराटनगर इन्कुबेश सेन्टर एवं भिजन कोशी हाकाथन, रोजगार कोशी ः प्राविधिक शिक्षाको महत्वबारे करिअर काउन्सेलिङ, डिजिटल कोशी ः एआई कन्फेरेन्स, थिमेटिक शेसनहरुलाई विशेष महत्वका साथ समावेश गरेको छ ।