उर्लाबारीमा छुवाछुतमुक्त अभियान

  • 2 years ago
Campain against untouchability

उर्लाबारी माेरङ,१० असार । उर्लाबारी नगरपालिकाले पालिकालाइ नै छुवाछुतमुक्त बनाउन सशक्त अभियान सुरू गरेको छ ।

 अभियान अन्तरगत पहिलो कार्यक्रम दलित र गैर दलित समुदायका अगुवाका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ । तालिम समापनको अवसरमा बोल्दै उर्लाबारी नगरपालिकाका प्रमुख गंगा  प्रसाद खरेलले जातीय विभेद समाजको साझा समस्या भएकाले यसकाे समाधानका लागि दलित र गैर दलितले सहकार्य गरेर जानु पर्नेआवश्यकता महसुस गरेर यो कार्यक्रम बनाएकाे बताउनु भयाे ।

कार्यक्रममा विराट सञ्चार प्रालिका अध्यक्ष तथा नेपाल उत्पीडित जाति  मुक्ति समाज माेरङका अध्यक्ष किशाेर विश्वकर्माले नगरपालिकाकाे अभियान सराहनीय रहेकाेले यसलाइ सफल पार्न  मुक्ति माजकाे तर्फबाट  सक्दाे  सहयाेग हुने विश्वास दिलाउनु भयाे ।  

अधिकारकर्मी गंगा गजमेरका अनुसार उर्लाबारी नगरपालिकाले दलित र गैर दलित समुदायको सहभागितामा सो अभियान सुरू गर्न लागेको हाे । यस नमूना कार्यक्रलाइ सफल बनाउन सके छुवाछुत हटाउनमा उदाहरणीय काम हुनसक्ने अपेक्षा  गरिएको बताउनु भयाे ।

 हाम्राे बचत तथा ऋणा सहकारी संस्थाकाे सभाक्षमा पाँच दिनसम्म चलेको तालिममा दलित अधिकारसम्बन्धी कानून, संविधान र महासन्धिमा  भएका व्यवस्थाहरू, जातीय मुक्ति आन्दाेलनकाे इतिहास र अबकाेआन्दाेलनकाे स्वरूप, समाज विकास क्रममा जातीय भेदभावकाे सिर्जना, विकास र निराकरणकाे विधि, मानव अधिकारकाे नजरमा दलित मुक्ति आन्दाेलन लगायतकाे वियमा प्रशिक्षण दिइएको थियाे ।

उर्लाबारीमा छुवाछुतमुक्त अभियान