बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

  • 1 year ago
बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई


विराटनगर ।  बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा भएको कोशी प्रदेशस्तरीय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ ९८ रनमा सिमित भयो । 

सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खड्काले ११ रन बनाए । मोरङका मनोज रायले ३ विकेट लिँदा वैजनाथ चौधरीले २ विकेट लिए । ९९ सय रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १७ दशमलव ३ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मोरङको जितमा वैजनाथ चौधरीले ३१ बनाउँदा अजय कर्णले २३ रनको योगदान दिए । सुनसरीका रोहन खड्काले २ विकेट लिँदा विवेक चन्दले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ फाइनल मोरङका अलराउण्डर खेलाडी वैजनाथ चौधरी भ एभने प्लेयर अफ सिरिज र उत्कृष्ट बलर पनि मोरङकै वैजनाथ चौधरी घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर पनि मोरङकै अजय कर्ण भए ।

चैत २८ गतेदेखि भएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरि ४ टिम सहभागी रहेको थियो राउण्ड रोविनको आधारमा खेलाएको प्रतियोगितमा करिव १२ लाख खर्च हुने अनुमान आयोजकले लगाएको छ ।

विजयी तथा अन्य खेलाडीहरुलाई प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश खेलकुद बार्डका कार्यालय प्रमुख कालीदास भट्टराई, बहिरा क्रिकेट संघका केन्द्रीय सचिव अरविन्द चौधरी, विराट बहिरा मावि व्यवस्थापन समितिका अध्यक्ष डा. मीना जोशी र बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।