प्रधानमन्त्री कप छनोटमा झापा र सुनसरी विजयी
- 1 year ago
विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा झापा र सुनसरी विजयी भएको छन् ।
वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ । जितपछि झामा ३ खेलमा २ मा जित १ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो स्थानमा छ भने इलाम ४ खेलमा १ जित र ३ खेलमा पराजित हुँदै २ अंका साथ चौथो स्थानमा रहेको छ ।
टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव २ बलमा सबै विकेट गुमाइ १ सय १४ रनको योगफल तयार पारेको थियो । इलामका लागि लव कामतले २७ रन बनाउँदा गौतम राईले २४ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच विपिनकुमार महतोले ३ विकेट लिँदा ज्ञानबहादुर श्रेष्ठले पनि ३ विकेट लिए ।
१ सय १५ रनको लक्ष्य पछ्याएको झापालले ३८ ओभरमा ४ विकेट गुमाइ सो विजयी लक्ष्य पार गरेको थियो । झापाका समिर कार्कीले अविजित ३२ रन बनाउँदा अमन गोयलले २८ रनको योगदान दिए । इलामका गौरभ भट्टराई, हेमल राई, श्याम यादव र लव कामतले १–१ विकेट लिए ।
मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले घरेलु टोली मोरङलाई ४६ रनले पराजित गरेको छ । जितपछि सुनसरी ३ खेलमा तीनै खेल जितेर ६ अंकका साथ शीर्ष स्थानमा उक्लियो भने मोरङ ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ दोस्रोमा छरेको छ ।
टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ५४ रनको योगफल बनायो । सुनसरीका सुमन घतानीले ४७ रनको योगदान दिँदा गौरभ कटवालले ४० रनको योगदान दिए । मोरङका प्रेम कामतले २ विकेट लिँदा श्रवण किस्कुले पनि २ विकेट लिए ।
१ सय ५५ रनको विजयी लक्ष्य पाएको मोरङले ४१ ओभरमा सवै विकेट गुमाई १ सय ८ रनमा सीमित भयो । मोरङका सकिव हकले २८ रनको योगदान दिँदा चिराग साहले रन र दिपेश कँडेलले २२ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ म्याच गौरभ कटवालले ३ विकेट लिँदा प्रकाश कार्कीले पनि ३ विकेट लिए ।
लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी ५ टिम सहभागी रहेका छन् ।