चलचित्र कार्यशाला सुरु

  • 2 years ago
Acting workshop

 

 शुभसन्देश 

विराटनगर,१७ असार  ।

 कला, संस्कृति तथा पर्यटन प्रतिष्ठान नेपालको आयोजनामा अइतबार विराटनगरमा साताब्यापी प्रथम विराट चलचित्र कार्यशाला सुरु भएको छ । 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको कार्यशालामा चलचित्र सम्बन्धी विभिन्न आयाममा प्रशिक्षण दिइने छ । 

कार्यशालाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले कला, संस्कृति र चलचित्र क्षेत्रमा आवश्यक सहयोग गर्न प्रदेश सरकार सधैं तयार हुने बताउनुभएको छ । 

परिवर्तित राजनितिक घटनाक्रमले कोशी प्रदेशमा आशातित काम गर्न नपाएको भन्दै कार्यशालाले कलाकार क्षेत्रलाइ आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो । 

चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष अरूण प्रधानले अझै पनि राज्यको दृष्टिकोण कला क्षेत्रमा अपेक्षाकृत रूपमा सकारात्मक हुन नसकेको बताउनुभयो । देशमा कोशी प्रदेशबाट मात्रै करिब ७० प्रतिशत कलाकार रहेको उल्लेख गर्दै प्रदेश सरकारको ध्यानाकर्षाण गराउनु भयो । 

राष्ट्रिय सभा पूर्व सदस्य तथा आयोजक संस्थाका अध्यक्ष खेम नेपालीले कला, संस्कृति र पर्यटन प्रबर्द्घनको लागि तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा मन्तव्य व्योफ गर्दै विराटनगर महानगरपालिकाकी सामुदायिक महाशाखा प्रमुख अनिता कोइराला, निर्देशक इन्द्र परियार, निर्देशक तथा कलाकार केशव रायमाझी लगायतले पहिलो पटक आयोजना भएको विराट चलचित्र कार्यशालाले महत्वपूर्ण राख्ने बताउनुभयो । कार्यशालामा कोशी प्रदेशका करिब ४० जना प्रशिक्षार्थी सहभागी रहेको बताइएको छ । 

--