नायिका केकी अधिकारी र काशीराम ‘ए मेरो परदेशी ’ सार्वजनिक

  • 1 year ago
नायिका केकी अधिकारी र काशीराम ‘ए मेरो परदेशी ’  सार्बजनिक


विराटनगर . गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक भएको छ । नेपाली युवायुवतीको  जीवन भोगाइलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवायुवती  युवायुवतीहरुको पीडा भोगाइलाई गीतमा समेटिएको छ ।

लामो समयदेखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत  काशी राम सुनार अर्थात् काशी जेटिको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरएको छ ।  

बिभिन्न दुःख पीडाडामा परेका नेपालीलाई उद्धार गर्दै आए काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वदेशमा आएका गीतकारले  मौकाको सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए ।  

दिनेश पराजुलीको छायाँकन , दिनसन शाहको सम्पादन र गम्भीर विष्टको निर्देशन भिडियोमा रहेको छ । गीतका नायिका केकी अधिकारी र काशीराम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।