भोलि नारी उत्सव २०८१ सुरु हुने
- 1 year ago
भोलि नारी उत्सव २०८१ सुरु हुने
विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तीज पर्व’ को उपलक्ष्यमा नारी उत्सव २०८१ मनाउने भएको छ ।
भाद्र १४ देखि १६ गतेसम्म मनाउन लागिएको लागेको नारी उत्सव २०८१ बारे पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
संघका अध्यक्ष अनुपम राठीज्यूको अध्यक्षता र संघको महिला उद्यम समितिकी संयोजक श्रुती शर्माको संयोजकत्वमा विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुन लागेको तीन दिने ‘नारी उत्सव २०८१’ को तयारीका बारे जानकारी गराउँदै सो उत्सवलाई भव्यतापूर्वक संचालन गराउन सबै संचारकर्मीको साथ र सहयोगका लागि अनुरोध गरिएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नवीन रिजाललगायत पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा उद्यम समिति संयोजक, महिला उद्यम समिति सदस्यलगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।