बराहक्षेत्र सम्पर्क समाजको वार्षिक कार्यक्रम सार्वजनिक
- 1 year ago
विराटनगर । बराहक्षेत्र बिराटनगर सम्पर्क समाज विराटनगरले वार्षिक कार्र्यक्रम मोरङको कटहरीस्थित गोपाल फनपार्कमा सम्पन्न गरेको छ ।
समाजले बराहक्षेत्र नगरपालिका भित्र रहेको तत्कालिन बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गरी ५ गाविसहरुमा जन्मे हुर्केर विराटनगर र आसपास क्षेत्रमा विभिन्न पेशा गरी बसेका १ सय २० घर परिवारबाट २ सय ६० जना सदस्यहरुको पारिवारिक मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
समाजले वि.स. २०७४ देखि विभिन्न कार्याक्रम गर्दै आएको छ । आगामी वर्ष पनि विभिन्न कार्यक्रम गर्नका लागि ४ वटा उपसमितिको संयोजक तोकिएको सम्पर्क समाजका अध्यक्ष अबिजाल बिष्टले जानकारी दिए । महिलाहरुको लागि तीज कार्यक्रम सम्पन्न गर्न विराटनगर–४ निवासी मन्जु बरालको संयोजकत्व ७ सदस्य उपसमिति बनेको छ । यसैगरी विभिन्न मन्त्रालय र पालिकाहरुमा समन्वय र प्रस्तावना पेश गर्नका लागि अध्यक्ष अबिजाल बिष्टको संयोजकत्व ५ सदस्य उपसमिति बनेको छ ।
विराटनगरबाट नजिकै रहेको धार्मिक तथा आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने उद्देश्यले अगाडि बढेको समाजले सम्पूर्ण बराहक्षेत्र नगरपालिका साथै रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका र उदयपुर जिल्लाको बेलका नगरपालिकामा रहेका धार्मिक मठमन्दिरहरको संरक्षण, प्रचारप्रसार लगायतका विविध कार्यक्रम गर्ने भावी योजना बनाएको अध्यक्ष अबिजाल बिष्टले कार्याक्रममा प्रस्तुत गरेका थिए ।
सबै घरपरिवारलाई पारिवारिक मिलन र वार्षिकरुपमा वनभोज कार्यक्रमलाई नियमित गर्न उद्योगी तथा समाजसेवी युवराज बरालले सहयोग गर्ने बताए । कार्याक्रममा २५ जना अग्रजहरु व्यक्तित्वहरुलाई ज्येष्ठ सदस्य नारदप्रसाद दाहालले सम्मान गनरेका थिए भने कोषाध्यक्ष मातृका निरौलाले वार्षिक आय ब्यय सार्वजनिक गरेका थिए ।