हिसान फूटबलको उपाधि कान्तिपुर र रेडस्टार कलेजलाई
- 1 year ago
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताह अन्तर्गत भएको फूटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेडस्टार कलेजले जितेका छन् ।
विराटनगरको शहिद मैदानमा फ्लटलाईटमा भएको रात्रिकालीन छात्र फूटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेडस्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरी उपाधि जितेको हो । कान्तिपुरको जितमा मध्यान्तरपछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे ।
फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाईस्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जीवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्य रानामगर, उत्कृष्ट मिडफिल्डर रेड स्तारका सौगात राई भए भने उत्कृष्ट प्रशिक्षक कान्तिपुरका कोमल खवास भए ।
यसअघि भएको छात्रा फूटबलमा साविक विजेता विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै पथरीको रेड स्टारले पहिलो पटक छात्रा फूटबलको उपाधि जितेको छ ।
रेडस्टारले अर्किडलाई ३–० को गोल अन्तरले पराजित गरी उपाधि जितेको हो । रेड स्टारको जितमा स्मृति राई, सलिजा राई र आशिका लिम्बूले १–१ गोर गरिन् । फाइनल खेलको प्लेयर अफ द सिरिज रेडस्टारकी स्मृति राई भइन भने हाइस्कोरर अर्किडकी समीक्षा आचार्य, उत्कृष्ट मिडफिल्डर रेडस्टारकी सलिजा राई र उत्कृष्ट गोलकिपर रेडस्टारकी विद्या लिम्बू घोषित भइन् ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दिपेश बास्तोला र हिसान मोरङका अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।