ज्येष्ठ नागरिकद्वारा तीजका अवसरमा विविध कार्यक्रम
- 1 year ago
विराटनगर । ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालय विराटनगरले नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा ज्येष्ठ आमाहरुलाई दर खुवाउनुका साथै गीतका गीतमा नाचगानसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिइन् ।
उनले पछिल्लो समय तीजपर्व भड्किलो र खर्चिलो बन्दै गएकोमा चिन्तासमे व्यक्त गर्नुभयो । उहाँले चाडपर्व मनाउँदा आफ्नो मौलिक संस्कृतिलाई बिर्सन नहुने बताउनुभयो ।
आयोजक संस्थाकी उपाध्यक्ष मिलन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघकी अध्यक्ष विष्णु शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना जोशी, वडा नम्बर ११ का वडा सदस्य गायत्री थापा, गेहना पासवान, समाजसेवी तारा शर्मा ज्येष्ठ नागरिक समाज सेवाका सल्लाहकार गायत्री अज्र्याल, पिङ्गला भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए । सञ्चालनसँगै कार्यक्रमको उद्देश्यमाथि सचिव करुणा जोशीले प्रकाश पारिन् ।