कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला
- 1 year ago
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस अगाडि कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए । समितीको उपाध्यक्षमा नरहरी निरौला, महिला उपाध्यक्षमा सुनिता निरौला, सचिव सुरेश कुमार ढुङगेल, सह–सचिव ममता कोइराला ,कोषाध्यक्ष पुरुषोतम पौडेल, सदस्यहरुमा अनिल दाहाल, विप्लव चौलागाईँ, रेवतीराम रोक्का, वविता राई, शिवशंकर मेहता, हरि सुवेदी, प्राणनाथ दाहाल , मनोज ढकाल, खुमा अधिकारी, चन्द्रकला सापकोटा, सुनिता पौडेल, अनिल गिरी , कृष्णप्रसाद भट्टराई निर्वाचित भएका छन् ।
साथै लेखा आयोग संयोजकमा चन्द्रमणी लुईँटेल एवम लेखा सदस्यमा तिर्थ गुरागाईं , श्याम तिम्सिना रहेका छन् । केन्द्रिय प्रतिनिधि रमेश खतिवडा, मोहनलाल मेहता, यामनाथ बराल, राजु पोखरेल, मुना दाहाल, रोहित पौडेल र प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी, जानकी प्रसाद अधिकारी, सरण कुमार गजमेर, सुधिरा न्यौपाने, नन्दकिशोर काफले, पशुपति घिमिरे, चूडामणि जाल, भानु गुरागाईँ, लुकनाथ पोखरेल, हेमसागर पोखरेल, जयप्रसाद काफ्ले निर्वाचित भएका छन् ।