महेन्द्र गोल्छाको स्मृतिमा खाद्यान्न वितरण
- 1 year ago
विराटनगर । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष, उद्योगपति स्व. महेन्द्र गोल्छाको १५ औं स्मृतिमा संगठनको कार्यसमितिले पोखरियामा रहेको मानव सेवा आश्रममा खाद्यान्न र भोजन वितरण गरेको छ ।
स्व. गोल्छाले आर्थिक, औद्योगिक, सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गरेको छ । सोही क्रममा सचिवालयमा रहेको अर्धकदको शालिकमा माल्र्यापर्ण गरिएका थिए ।
स्मृतिमा संगठनका अध्यक्ष राकेश सुरानाले पूर्वअध्यक्ष स्व. गोल्छाले उद्योग व्यवसाय क्षेत्रको हित, व्यावसायिक एकतामा पुर्याउनु भएको योगदानलाई स्मरण गरे । तत्कालिन समयमा स्व. गोल्छाले देखाउनुभएको मार्गदर्शनकै कारण संगठन अन्तर्राष्ट्रियस्तरको क्यासी अवार्ड जित्न सफल भएको धारणा अध्यक्ष सुरानाले राखे ।
पूर्वअध्यक्ष एवं स्व. गोल्छाका भाइ दिनेश गोल्छाले औद्योगिक विकासका लागि दीर्घकालिन महत्व राख्ने विषय उठान गरी स्व. गोल्छाले संस्थाको गरिममालाई सदैव उच्च राखेको वताए । स्व. गोल्छाले उद्योग संगठन मोरङ उद्योगीको मात्र नभई उद्योगमा कार्यरत श्रमिकको समेत रहेको भन्ने भनाइलाई स्मरण गर्दै सबैले आत्मसात गर्नुपर्ने धारणा राखे ।
संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले संगठनले विगतदेखि नै उद्योगी व्यावसायीको सामुहिक हित, ंउद्योगको सर्वाङ्गिर्ण विकास गर्ने साझा उद्देश्य लिएकै कारण अन्तर्राष्ट्रियस्तरको क्यासी पुरस्कार जित्न सफल भएको धारणा राख्दै संगठनलाई आजको स्थानसम्म ल्याई पु¥याउन स्व. गोल्छाको महत्वपूर्ण भूमिका रहेको वताए ।
पूर्वअध्यक्ष स्व. महेन्द्र गोल्छाको १५ औं स्मृतिमा संगठनले पोखरीयामा रहेको मानव सेवा आश्रममा खाधान्न र विहानको भोजन समेत वितरण गरेको छ ।
स्मृति दिवसको कार्यक्रममा संगठनका पूर्वअध्यक्ष शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ राजकुमार गोल्छा, कोषाध्यक्ष सुवोध कोइराला, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, जयेन्द्र शर्मा, सन्तोष भगत, स्व. गोल्छाका छोरा पारस गोल्छाको सहभागिता रहेको थियो ।