मान्छेबाट कुकुर बनेर यी युवक खोरमा बस्न थाले
- 3 years ago
विराटनगर,१६ साउन २०८०। जापानका एक व्यक्ति आजकल आफ्नो अनौठो शौकका कारण चर्चामा छन्। टोको सानलाई कुकुर बन्ने मन थियो। जसलाई पूरा गर्न उनले कुकुरको जस्तै पोसाक बनाए। पहिरन लगाएर उनी अहिले कुकुरजस्तै बाँचिरहेका छन्। जुन देखेर वरपरका मानिसहरु छक्क पर्ने गरेका छन्।
टोकोले कुकुर हुनुको एउटा पनि अनुभव गुमाउन चाहँदैनन्। त्यसैले उनले अहिले मान्छे खाने खाना त्यागेका छन्।
ती जापानी युवाले लाखौँ खर्चेर कोली जातको कुकुरको पोसाक तयार पारेका छन्। त्यसपछि कुकुरको रुपमा देखिएका ती युवकले आफ्नो नाम पनि परिवर्तन गरेका छन्। अहिले उनी आफूलाई रफ कोली भनेर सम्बोधन गरिरहेका छन्।
उनले आफ्नो दिनचर्या कुकुरका रुपमा युट्युबमार्फत मानिससँग सेअर गर्दै आएका छन्। जसलाई लाखौंले हेरिरहेका छन्। कुकुर बन्ने आफ्नो सपना पूरा गर्न टोकोले कुकुरसँग सम्बन्धित सबै कुरा अपनाएका छन्। जसमा खानापान पनि समावेशन छ। उनले दिनमा तीनपटक खान्छन् र उसको आहारमा पौष्टिकतायुक्त कुकुरको खाना हुन्छ। कृतज्ञता व्यक्त गर्छन्।
भिडियोमा टोकोलाई धेरैपटक कुकुरको खाना खाएको देख्न सकिन्छ। टोकोको कुकुरको खाना खानेबारेमा मानिसहरुले धेरै प्रतिक्रिया दिइरहेका छन्। एक प्रयोगकर्ताले लेखे, ‘स्मार्ट टोको... दिनमा तीनपटक सन्तुलित आहार... तर व्यायाम गर्न पनि नबिर्स... आफ्नो सपना बाँच।’
कुकुर बनेपछि टोकोलाई कुकुरका लागि बनाइएको खोरमा सुत्न मन पर्छ। उनका लागि छुट्टै कोठा बनाइएको छ। जहाँ उनको खोर राखिएको छ। राती सुत्नुअघि उनी आफ्नी मालिकनीसँग खेल्छन्। त्यसपछि उनी आफ्नो खोरमा सुत्छन्।
टोकोले आफ्नो युट्युबमा एउटा भिडियो सेयर गरेका छन्। जसमा मानिस र युट्युबमा सेअर गरिएको भिडियोमा टोकोले आफ्नी मालिकनीले दिएको कुकुरको खानाको मजा लिइरहेको देख्न सकिन्छ।
कुकुरले जस्तै टोकोले भोक लाग्दा मालिकनीसँग खाना माग्छ। उनी आफ्नो पुच्छर हल्लाउँदै खाना प्राप्त गर्न पर्खिरहन्छन्। कुकुरका लागि बनाइएको भाँडोमा खाना उनको अगाडि आउनेबित्तिकै टोकोले ठूलो उत्साहका साथ खाना चाटेर खान्छन्। त्यसका उनी आफ्नी मालिकनीलाई पुच्छर हल्लाउँदै वास्तविक कुकुरको प्रतिक्रिया कस्तो थियो देखाइएको छ। जब उनी पहिलोपटक सडकमा कुनै रफ कोलीका रुपमा निस्किए।
टोको कुकुर बनेको देखेर मानिसहरु छक्क परे। पाँच मिनेटको भिडियोमा टोकोले कुकुर र मानिसलाई भेटेको देखिन्छ। भिडियोमा टोकोले ठ्याक्कै कुकुरको जस्तै व्यवहार गरेको देखिन्छ। केही कुकुर सुरुमा ठूला कुकुरलाई देखेर डराउँछन् तर पछि तिनीहरु उसको नजिक गएको देखिन्छ।
आफ्नो एउटा भिडियोमा आफूलाई बाल्यकालदेखि नै कुकुर बन्ने मन लागेको टोकोले बताएका छन्। अर्को भिडियोमा टोको कोक पिउँदै गरेको देखिन्छ। उनले दाँतको मद्दतले कोकको ढक्कन हटाउँछन् र त्यसपछि एउट स्ट्रका माध्यमबाट कोकको मज्जा लिन्छ। टोकोले पनि कुकुरजस्तै बोलेर दर्शकलाई मनोरञ्जन दिन्छन्। टोकोको युट्युबमा ४० हजारभन्दा बढी सब्सक्राइबर छन् र उनको मनमोहक भिडियोमा लाखौँ भ्यु आइरहेका छन्। –एजेन्सी