मेयर कोइरालाद्वारा टेलिस्कोपमार्फत सूर्यको अवलोकन

  • 1 year ago
मेयर कोइरालाद्वारा टेलिस्कोपद्वारा सूर्यको अवलोकन


विराटनगर । विराटनगर  महानगरपालिका अन्तर्गतको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपद्वारा सूर्यको अवलोकन गराएको छ । 

विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो । 

महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले समेत टेलिस्कोपमार्फत सूर्यको अवलोकन गर्नुभएको थियो । 


महानगरपालिका परिसर, पुष्पलाल चोक, नहर चोक, जामा मस्जिद रानी, ट्राफिक चोक, बालउद्यान पार्कलगायतका स्थानमा अवलोकनको व्यवस्था मिलाएको समितिका अध्यक्ष प्रविण विश्वासले जानकारी दिनुभयो । 

चक्कामा खगोल विज्ञान नाम दिएको उक्त कार्यक्रमपछि समितिको समेत प्रचार हुने र विद्यार्थीहरुमा खगोल विज्ञानप्रति रुचि बढ्ने अध्यक्ष विश्वासले बताउनुभयो ।