सांगीतिक एवम् स्रष्टा सम्मान कार्यक्रम

  • 1 year ago
 सांगीतिक एवम् स्रष्टा सम्मान कार्यक्रम



विराटनगर  । इन्द्रेणी कला प्रतिष्ठान विराटनगरले पाँचौ स्थापना दिवसका अवसरमा सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा बरिष्ठ कलाकार प्रेम सुनामलाई  शनिबार विराटनगरमा सम्मान गरेको छ । 

उनलाई दोसल्ला र  नगद ५ हजार ११ रुपैयाँसहित सम्मान गरिएको हो । साहित्य, संस्कृति र कलामार्फत  सम्मानित सुनामले नेपालको कला र सस्कृतिलाई विश्वभर चिनाउनको लागि मुख्य भूमिका खेलेकोले सम्मान गरिएको इन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष रामा मण्डलले जानकारी दिए  ।

प्रतिष्ठानका अध्यक्ष मण्डलले गीत सङ्गीत र नृत्य क्षेत्रमा स्वदेश होस् वा विदेश जहाँ हुँदा पनि प्रेम सुनामले नेपालको कला क्षेत्रमा ठूलो योगदान दिएको र उनलाई सम्मान गर्न पाउँदा आफू र आफनो संस्था गौरवान्वित भएको बताए ।

सम्मान ग्रहणपछि सुनामले इन्द्रेणी कला प्रतिष्ठानलाई पनि धन्यवाद दिंदै  आभार प्रकटसहित आफू निरन्तर कला क्षेत्रमा जीवनको अन्त्यसम्म पनि जारी राख्ने उल्लेख गरेका थिए ।  

कार्यक्रममा गायक नितिन गजुरेल, भानु कला केन्द्रकी संस्थापक माया पौडेल, पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यपक  दिनेशराज सुवेदी, डा जीवन ढकाल , चलचित्र निर्देशक केशव रायमाझी, गायक प्रवलदीप विश्वास, कलाकारहरु वैज्ञनाथ ठाकुर , मनोज राजवंशी , विनोद श्रेष्ठ, समीक्षा कार्की, विदुर ढुङ्गेलको सहभागिता रहेको थियो ।