सहकार्यमा श्रमसंसार वेब पोर्टल प्रवर्धनसम्बन्धी अन्तरक्रिया
- 1 year ago
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना स्टेप अफ परियोजना स्विस कन्ट्याक्टको सहकार्यमा श्रमसंसार वेब पोर्टल प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास समिति सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा उनले देशमा रोजगारीका सीमित अवसरका कारण वैदेशिक रोजगारीका लागि युवा जनशक्तिको पलायन जस्ता समस्याहरूबाट गुज्रिरहेको अहिलेको परिस्थितिलाई निकास दिन उद्योग व्यवसाय प्रवर्धन गरी गरी रोजगारी सिर्जना गर्नु अति आवश्यक रहेको बताइन् ।
स्टेप अफ प्रोजेक्ट स्विस कन्ट्याक्टका कोर्डिनेटर गणेश दाहालले परियोजनाले हालसम्म सञ्चालन गरेका क्रियाकलापहरूको प्रस्तुति गरिन् । स्टेप अफ परियोजनाका प्रोजेक्ट अफिसर युवराज बास्तोलाले श्रम संसार पोर्टलमा दर्ता हुने प्रक्रियाको बारेमा जानकारी गराए ।
कार्यक्रममा प्रगति टेक्सटाइलका प्रदीप निरौला, आमाको चिनो सञ्चालक सुनिता छराहाङ, जीवन विकास समाजका प्रतिनिधिहरूले श्रम संसार वेब पोर्टलमा दर्ताका लागि गरिने विभिन्न प्रक्रियाहरूको बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा मोरङ सुनसरी औद्योगिक करिडोरमा रहेका विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिहरू महिला उद्यमी, जिल्ला नगर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।
र