साहित्यकार कट्टेललाई मोती पुरस्कार

  • 2 years ago
साहित्यकार कट्टेललाई मोती पुरस्कार

विराटनगर,१ असोज २०८० । विराटनगरमा बसेर लामो समयदेखि  साहित्य साधना गरिरहेका चर्चित छन्द कवि हरि कट्टेल मोती पुरस्कारबाट झापामा पुरस्कृत भएका छन् ।

सो सम्मान तथा पुरस्कार १५८ औँ मोती जयन्तीका अवरसरमा त्रिफला पुस्तकालय केन्द्रीय  कार्यालय झापाले  एक  समारोहका बीच प्रदान गरेको हो ।

नगद राशीसहित सम्मानपत्र रहेको  रहेको सो पुरस्कार  संस्थाका अध्यक्ष प्रेमप्रकाश फलाहरी, कार्यक्रमका प्रमुख अतिथि ज्ञानबहादुर क्षेत्री र विशिष्ट अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने कट्टेललाई  प्राज्ञ  गंगा सुवेदीलगायतले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

समारोहमा नेपाल र भारतका विशिष्ट साहित्यकारहरूको व्यापक उपस्थिति थियो । कट्टेल चर्चित छन्द कवि हुन् भने कविता, गजल, मुक्तक र समालोचनाका क्षेत्रमा समेत स्थापित साहित्यकार हुन् ।