उद्योग संगठन मोरङद्वारा श्रमिकको सम्मान
- 1 year ago
विराटनगर ।उद्योग संगठन मोरङले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा श्रमिक सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
विश्वभरका श्रमिकहरूका लागि विशेष मानिने यस दिनको अवसरमा, श्रमिक र रोजगारदाता बीचको सहकार्यलाई प्रोत्साहन गर्दै, सुनसरी–मोरङ औद्योगिक करिडोरको उद्योगमा कार्यरत तीन जना श्रमिकलाई उद्योगमा दीर्घसेवा पु¥याएवापत सम्मान गरिएको हो ।
सम्मानित श्रमिकहरूमा रिजाल टांसि ईण्ड प्रालिमा ३५ वर्षदेखि कार्यरत बसन्ती पोखरेल, हुलास मोटर्स प्रालिमा ३१ वर्षदेखि कार्यरत श्यामकुमार कामत र हिमालयन खाद्य एवं प्याकिङ उद्योग लिमा २८ वर्षदेखि निरन्तर सेवा गरेकी सीता अधिकारी रहेकी छन् ।
ती तीन जना श्रमिकहरूलाई संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपिन कावरा, पूर्वअध्यक्षहरु तथा ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षहरूले संयुक्तरूपमा सम्मान–पत्रसहित नगद प्रदान गरी सम्मान गरेका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा संगठनका अध्यक्ष सुरानाले उद्योगको उत्पादनशीलता अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माणमा श्रमिक र रोजगारदाताको साझा भूमिकाको आवश्यकता औंल्याए । उनले उद्योगी र श्रमिकबीचको निरन्तर संवाद र सहकार्यले आपसी सम्बन्ध प्रगाढ बनाउने र असल श्रम सम्बन्ध विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले मई दिवसले श्रमिक वर्गलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने भन्दै आर्थिक क्षेत्रका चुनौतीहरू सामना गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संयूक्त ट्रेड युनियन समन्वय समिति कोशी प्रदेशका संयोजक टिका प्रसाईले शुभकामना मन्तव्य दिँदै यसप्रकारको कार्यक्रमले श्रमिक र रोजगारदाता बीचको सम्बन्धलाई थप नजिक बनाइ श्रमिकमा सकारात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा संगठनका पूर्वअध्यक्षहरु, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, उद्योगी÷व्यवसायीहरु, नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटिका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा विभिन्न उद्योग प्रतिष्ठानका श्रमिकहरुको सहभागिता रहेको थियो ।