व्यापार संघमा सुरक्षासम्बन्धी अन्तरक्रिया
- 1 year ago
विराटनगर । मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालाई संघको सभा हलमा स्वागत गरी सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
आइतबारमा मोरङ उद्योग व्यापार संघका कावा अध्यक्ष अनिलकुमार साह, नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले संयुक्तरुपमा प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाललाई स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीलगायत प्रहरी निकायका उच्चपदस्थ अधिकृत, संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा, विभिन्न संघरसंस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, महिला र युवा उद्यम समितिका संयोजक र सदस्य, उद्योगी व्यवसायी र संचारकर्मीको उपस्थिति रहेको थियो ।